Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धाकधक्कु लगाएर चितवनमा घर बनाए प्रचण्डले, गोरखामा बास बसे: एमाले अध्यक्ष केपी ओली

धाकधक्कु लगाएर चितवनमा घर बनाए प्रचण्डले, गोरखामा बास बसे: एमाले अध्यक्ष केपी ओली

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
धाकधक्कु लगाएर चितवनमा घर बनाए प्रचण्डले, गोरखामा बास बसे: एमाले अध्यक्ष केपी ओली
images

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले धाकधक्कु लगाएर चितवनमा घर बनाएर अहिले गोरखामा गएर बास बसेको बताउनु भएको छ ।

भरतपुरमा आयोजित नेकपा एमालेको चुनावी आमसभामा बोल्दै ओलीले प्रचण्डले आफ्नो घर बनाउन बाहेक केही नजानेको बताउनु भएको हो ।प्रधानमन्त्री जो भए पनि मै हूँ सरकार चलाउने प्रचण्डले भन्ने गरेको  उहाँको विचार थियो ।

ओलीले भन्नुभयो, ‘ जहिले पनि सरकारमा बस्ने उनी नक्कली औषधि हुन् । डेट एक्सपाएर, आउट डेटेड , यस्ता प्रकारका आउट डेटेट पार्टीहरुले अस्थिरताको खेती मात्र गरिरहेका छन् ।’ उहाँले प्रचण्ड परिवारको घेरा भन्दा बाहिर जान नसकेको बताउँदै छोरी, बुहारी, भाईको, भतिजाका लागि, अर्काे आफन्तका लागि राजनीति गरेको आरोप लगाउनु भयो ।

आफ्नो नाममा घर छैन सबै अर्काेको नाममा राखेर सर्वहारावादी जनताको मुक्तिको लागि लडेको नेताको अवस्था त्यस्तो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘शहिदका परिवारलाई थाहा छ प्रचण्ड को हुन् । वैशाखी टेकेर हिडेकाहरुलाई थाहा छ । बिस्तारामा छटपटाइरहेकाहरुलाई थाहा छ । गौर हत्याकाण्डका घाइतेहरुलाई सोध्नोस् प्रचण्ड को हुन् ।’

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १९:१०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology