Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जनताको चाहना वमोजिम काम गर्दछु : श्यामराजा महत

जनताको चाहना वमोजिम काम गर्दछु : श्यामराजा महत

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
जनताको चाहना वमोजिम काम गर्दछु : श्यामराजा महत
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमालें) तनहुँको क्षेत्र नं २ (क) उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता र चाहना वमोजिम काम गर्ने वताउनुभएको छ । जनताको आवश्यकता लाई नजिकवाट चिन्ने अवसर पाएको छु । मेरो लामो  समय सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विताएको छु । जनताको चाहनालाई आत्मासात गरेर पुरा गर्नु वाहेक अन्य केही स्वार्थ छैन, महतले भने । 

सो कुरा महतले व्यास ५ नगर कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा वताउनुभएको हो । जनताको घरमा जाँदा सकारात्मक प्रभाव पाएको छु । जनताको आशा टुटाउने छैन । जिल्ला विकास समिती सदस्य, गाविस अध्यक्ष, विभिन्न सहकारीको लामो समय नेतृत्व गरिसकेको छु । जनता के चाहन्छन्, राम्रो सँग थाहा छ अतः अवको वाकी जीवन जनताको सेवामा विताउने छु । 

घरदैलो अभियानको क्रममा महत, चापाघाट, पाटन, कण्टार, पतेनी, वरवोटे, शेरा, नेपालटार, रानीटारी हुदै चिन्तुटार पुगेका थिए । सोही कार्यक्रममा गायक प्रेमराजा महत पनि गएर दाजु श्यामराजा महतका पक्षमा भोट मागेका थिए ।

 

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०८:४२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology