Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको प्रश्नः 'पाँचपटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?'

प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको प्रश्नः 'पाँचपटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?'

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको प्रश्नः 'पाँचपटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?'
images

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि के के काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी सभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका उनले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन चुनौती दिएका छन्।

उनले अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप लगाए। ओलीले अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँद‌ै मुलुक बनाउन एमाले जस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्ने बताए।

ओलीले प्रचण्डको संगतमा रहेर देउवाले ‘बन्दुके’ भाषा बोल्ने थालेको आरोप बताए। उनले वार्ताका माध्यमबाट नेपाली भूमि फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जनाए। उनले मुलुकको समृद्धिका लागि दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए।

ओलीले एमालेले अहिलेको अवधिसम्म जनहितविपरीत काम नगरेको र नगर्ने बताए। उनले एमालेले भोटका लागि जनता अलमल्याउने काम नगर्ने बताए । ओलीले आफू सरकारमा हुँदा गरेका राम्रा काम देखेर विभिन्न बहानामा आफूलाई सरकारबाट हटाएको बताए। उनले एमाले एकताबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी पनि ग

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - २१:४५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology