दाङ, १९ पौष ।
दाङमा जंगली बँदेलको आक्रमण परि चार जना गम्भीर घाइते भएका छन् ।
शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरि घाइते बनाएको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिनुभयो ।
बदेलको आक्रमणमा परि लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी र नाम र ठेगाना नखुलेको एक जना घाइते भएका छन्।
उनिहरुको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमहीको फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।