Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा एकै दिन ५० जना युवा राप्रपामा प्रवेश

चितवनमा एकै दिन ५० जना युवा राप्रपामा प्रवेश

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
चितवनमा एकै दिन ५० जना युवा राप्रपामा प्रवेश
images

चितवन । मंसिर ४ नजिकिँदै गर्दा चितवनमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ। यही क्रममा आइतबार भरतपुरका ५० जना युवा एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपाको पछिल्लो समय देखिएको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको अमृत बराई मगरले जानकारी दिनुभयो।

images
images

भरतपुर–९ स्थित झेर्नी मगर समूहसँगको चुनावी भेटघाट कार्यक्रममा राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेमार्फत उनीहरु राप्रपामा प्रवेश गरेका हुन्। उक्त कार्यक्रममार्फत केही दलका कार्यकर्ता तथा केही स्वतन्त्र व्यक्तिहरु पार्टीमा भित्रिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले बताउनुभयो। 

एकै दिन ५० जना युवाले पार्टीमा आवद्धता लिएपछि त्यसबाट राप्रपालाई प्रत्यक्ष फाइदा पुगेको उहाँले बताउनुभयो। पार्टीप्रतिको आकर्षण बढ्दै गएको देख्दा भोलिका दिनमा राप्रपा पनि मुख्य पार्टी बन्ने दौडमा छ भन्ने बुझाएको उहाँको भनाइ छ। 

यसपटकको निर्वाचनमा राप्रपाबाट प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नं. ३ बाट विक्रम पाण्डे उम्मेदवार हुनुहुन्छ भने प्रदेश सभाको (१) मा राप्रपाका बागमती प्रद्येश उपाध्यक्ष ज्ञानुजंग लामा र (२) मा पार्टीकै केन्द्रीय सह–महामन्त्री रीना गुरुङ उम्मेदवारको रुपमा चुनावी घरदैलोमा हुनुहुन्छ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - १८:५९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology