Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा १ मा गठबन्धन संकटमा, आफुलाई मात्र सुटुक्क भोट माग्दै राजेन्द्र बजगाई

गोरखा १ मा गठबन्धन संकटमा, आफुलाई मात्र सुटुक्क भोट माग्दै राजेन्द्र बजगाई

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
गोरखा १ मा गठबन्धन संकटमा, आफुलाई मात्र सुटुक्क भोट माग्दै राजेन्द्र बजगाई
images

काठमाण्डौ ।  प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेपाली काग्रेसका राजेन्द्र बजगाईले आफैलाई मात्र भोट माग्दै हिड्ने गरेको खुलासा भएको छ । उमेद्वार बगजाईले मतदाताहरुलाई मोवाइलबाट फोन गरेर आफ्ना लागि मात्र सुटुक्क भोट माग्ने गरेका हुन् ।

उनले नीजि सचिवालय स्थापना गरी युवतीहरु मार्फत निर्वाचन क्षेत्र भित्रका व्यक्तिहरुको मोवाइल नम्बरमा टोलीफोन गरी भोट माग्न थालेको एक मतदाताले बताए । ‘युवतीहरुले मोवाइलमा नमस्कार म राजेन्द्र बजगाईको सचिवालयबाट, मलाई रुख चिन्हमा मतदान गर्न अनुरोध गर्दछु भनेर फोन गरेका थिए, एक मतदाताले भने, उनले आफ्ना लागि मात्र भोट मागेका हुन् ।’

बजगाईले सचिवालय मार्फत फोन गर्दा सामान्य मतदातादेखि स्थानीय स्तरका नेताहरुलाई टोलीफोन गर्ने गरेको बताइएको छ । ‘गठबन्धनका उमदे्वार भएपछि सिंगो गठबन्धनलाई भोट माग्नुपर्ने हो, एक नेताले भने, उनले त आफूलाई मात्र भोट माग्दै हिडेका छन्, त्यसलाई उनलाई पनि राम्रो गर्दैन ।’

बजगाईले काठमाण्डौ सचिवालय खडा गरेर एनसेलको नम्बर मार्फत मतदाताहरुलाई टेलिफोन गर्ने गरेका छन् । यता काग्रेसका एक नेतालाई बाम लोकतान्त्रिक गठबन्धनका साँझा उमेद्वार भएर पनि बगजाईले आफ्ना लागि मात्र भोट माग्दै हिडेको सम्बन्धमा ज्ञिजासा राख्दा बजगाई राजनीतिक व्यक्ति हुन नसकेको बताए ।

‘काग्रेस, माओवादी एकिकृत समाजबादी जुन पार्टीका उमेद्वार भएपनि आफ्ना लागी मात्र मत माग्नु राम्रो हुदैन, उनले भने, गठबन्धनका उमेद्वारले गठबन्धनका लागाी भोट माग्न जान्नु प¥यो नि ।’ बजगाईले आफ्ना लागी मात्र भोट मागे जस्तै गठबन्धनमा रहेका अन्य दलले पनि त्यसै गरे के होला ? उनले प्रश्न गरे । बजगाईको गतिबिधिले गठबन्धन भित्र नै शंका उत्पन्न भएको गठबन्धन भित्रका नेताहरुको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २३:१०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology