Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

केदार सिग्देलको राजनैतिक यात्रा

केदार सिग्देलको राजनैतिक यात्रा

images

बि.बि. श्रेष्ठ

२४, कार्तिक २०७९
केदार सिग्देलको राजनैतिक यात्रा
images

तनहुँ । नेपाल कम्युनिष्ष्ट पाटी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार एवं प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्दलको जन्म वि.स. २०२०।६।५ गते साविक किहुँ–७ भिमादमा जन्मेका हुन् । त्रिभुवन विश्वविद्यालयवाट स्नातकोत्तरमा (एमए), वि.एलं गरेका सिग्देल २०३५।३६ सालको विद्याथी आन्दोलनवाट प्रभावित भई अनेरास्ववियु र तत्कालिन नेकपा (माले) सम्वद्ध विभिन्न कमिटीहरुमा सङगठित रहि सक्रिय भुमिका निर्वाह गरि राजनितिमा होमिएका हुन् । 

२०३८।०३९ सालमा आसामको मेघालयवाट नेपालीहरुलाई जर्वजस्त रुपमा खेद्ने कदम विरोधी आन्दोलमा सक्रिय सहभागिता जनाएका सिग्देल १५ वर्षको उमेरदेखि नै सक्रिय रुपमा राजनितीमा प्रवेश गरिसकेका थिए । २०४० सालको माघ १ गतेको पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनको सिलसिशलामा नेपाल ल क्याम्पस र जिल्लाको दक्षिण पश्चिम भेगमा नेतृत्वदायी मुभकिा निर्वाह गरेका थिए । २०४३ सालको निर्वाचनमा जनपक्षिय उम्मेदवारलाई उठाई चुनाव उपयोग गर्ने नितिको पक्षको सक्रिय क्रियाशिल रहेका सिग्देल यस विचमा राजनैतिक आन्दोलनमा लागे वापत पटक पटक जेलनेल भोगेका छन् । 

२०४६ सालको संयुक्त जनआनलोलनमा मुलतः जिल्लाको दक्षिण–पश्चिम क्षेत्रको मोर्चाको सशक्त र प्रभावकारी नेतृत्वदायी भुमिकामा थिए । वि.स. २०४८, २०४९, २०५१, २०५४, २०५६, २०६४ र २०७० सालको आम निर्वाचन तथा स्थानिय निकायको चुनवामा आपु उम्मेदवार नभई पार्टीको उम्मेदवारलाई विजयीगराउन मन, वचन र कर्मले सर्मपित भएर लागेका सिग्देल पार्टी र जनतामाझ प्रष्ट वक्ता, अडान र सादा जीवन उच्च विचारको रुपमा परिचित छन् । 

२०६२।०६३ सालमा भएर्को ेतिहासिक लोकतान्त्रिक जनआन्दोलनमा सशक्त नेतृत्वदायी भुमिका निर्वाह गरेका सिग्देलले दुई कार्यकाल एमालेको निर्वाचित जिल्ला अध्यक्ष र नेकपाको समेत जिल्ला अध्यक्षको जिम्मेवारीमा रहि कुशल संङग्ठकको भुमिका निर्वाह गरेका थिए । केदार सिग्देलको नेतृत्वमा ०७४ सालमा भएको आम निर्वाचनमा नेपाली काग्रेसको गढ मानिएको तनहुँको २ प्रतिनिधसिभा र ४ प्रदेशसभा सदस्यमा नेकपाका उम्मेदवारलाई ६ सिटमा नै विजयी गराएका थिए । शालिन, भद्रता र कुशल संगठकका रुपमा परिचित केदार सिग्देल पार्टी भित्र राम्रो पकड राख्ने नेता हुन् । 

जिल्ला पार्टी अध्यक्ष र सङघीय संसद (प्रतिनिधीसभा) मा प्रत्यक्ष जन–निर्वाचित सदस्यको हैसियतमा दल र संसदीय अनुशासन तथा मर्यादा कायम राखी पदिय जिम्मेवारी, जवाफदेहिताका साथ सम्पादन गरि सुयोग्य र निष्कलंकित जनप्रतिनिधीको रुपमा पहिचान स्थापित गरेका सिग्देल जनताको विकास र समृद्धिमा ढेढ देखिन्छन् । समयको ख्याल राख्ने, वोलीका पक्का र साधारण जीवन व्यतित गर्ने केदार सिग्देलको अहिले पनि कृषि कर्ममा आवद्ध छन् । विगत ०७४ मा भएको आम निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार शंकर भण्डारीलाई ३५०० माथीको मतान्तरले जितेको सिग्देल अहिले भने क्षेत्र नं २ (ख) मा गठवन्धनका उम्मेदवार जित प्रकाश आले सँग चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । 

जनतासँगको निरन्तरको सम्वन्ध, जनप्रतिनिधहिुदाँ विकास निर्माणमा खेलेको भुमिका र आम जनताहरुको साथ र विश्वास नै जितको आधार भएको सिग्देलले वताए । राजनितीमा थकाई भन्ने शव्दावली भन्ने हुदैैन भन्ने मदन भण्डारीको भावनालाई आत्मासात गर्दे निरन्तर देश र जनताप्रति समर्पित रहने उद्ष गरेका सिग्देल व्यक्तिगत स्वार्थको प्रलोभनमा परि वा सवैको जाती हुने नाममा असर प्रवृत्ति दुरुत्साहित र गलत प्रवृत्ति प्रोत्साहित हुन्छ भन्ने जान्दाजान्दै वा पिडितको न्यायको हक गुमाउने अवश्थामा मौनता साँध्नु गम्भिर समाजिक अपराधमा संलग्न हुनु वरावर ठान्दछन् । 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २२:५७:४५ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology