Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

निर्वाचनमा गोरखा १ : बलियो गठबन्धनको कमजोर उमेद्वार राजेन्द्र बजगाई, एमालेका रामशरण बस्नेतलाई सजिलो

निर्वाचनमा गोरखा १ : बलियो गठबन्धनको कमजोर उमेद्वार राजेन्द्र बजगाई, एमालेका रामशरण बस्नेतलाई सजिलो

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
निर्वाचनमा गोरखा १ : बलियो गठबन्धनको कमजोर उमेद्वार राजेन्द्र बजगाई, एमालेका रामशरण बस्नेतलाई सजिलो
images

गोरखा । गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी अभियानका क्रममा उमेद्वारहरु घरदैलो अभियानमा छन् । प्रतिनिधिसभा अन्तरगत यो क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काग्रेसका राजेन्द्र बजगाई चुनावी मैदानमा छन् भने उनको प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत रहेका छन् । यि दुई उमेद्वार बिच नै प्रतिनिधि सभामा यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने कुरा निश्चित छ । बामलोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा रहेका बजगाई राजनीतिक भन्दापनि व्यापारिक पृष्ठभूमिबाट आएका पात्र हुन ।

ब्यापारी पृष्ठभुमिबाट आएका उमेद्वार भएकाले निर्वाचन क्षेत्रका जनताले बजगाईलाई आंशकाको दृष्टिकोणले हेरेका छन् । निर्वाचनका बेला जिल्ला फर्कने र अरु बेला जिल्ला नचिन्ने भन्दै कतिपय मतदाताले बगजाईलाई पाहुना उमेद्वार भनेर टिप्पणी गर्न समेत थालेका छन् । बाम लोकतान्त्रिक गठबन्धन यो क्षेत्रमा बलियो भएपनि बजगाईको उमेद्वारीले जितको आधार निश्चित नभएको काग्रेसका नेताहरुको टिप्पणी छ । ‘उनले टिकट पाउने कुरा नै स्वभाविक छैन, नाम नबताउने शर्तमा काग्रेसका एक नेताले भने, ‘टिकट ल्याएर मात्र हुदैन, काग्रेसकै कार्यकर्ताले बगजाईको पक्षमा खुलेर लाग्न सक्ने अबस्था छैन ।’

काग्रेसका नेताहरुको यस्ता खालका टिप्पणीले बगजाईलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बलियो गठबन्धनको कमजोर उमेद्वार भएको प्रमाणित गर्दैं लगेको छ । राजनीतिक बिचार र दृष्टिकोण भन्दापनि व्यापारिक दृष्टिकोणबाट आएका यस्ता उमेद्वारले राजनीतिलाई व्यापारमा बदल्दै लगेकाले काग्रेसले यस्ता प्रवृतिलाई परास्त गर्नुपर्ने अबस्था आएको ति बताउछन् । राजनीतिक बिचार, दृष्टिकोण जताजता भएपनि अर्का उमेद्वार बस्नेत राजनीतिक व्यक्ति भएकाले गोरखा १ बाट बजगाईले चुनाव जित्ने कुरा फलामको चिउरा चपाए जस्तै भएको उनको टिप्पणी छ ।

यता बजगाईका मुख्य प्रतिस्पर्धी मानिनु भएका एमालेका बस्नेत गोरखामा लामो समय जनताको बिचमा पुगेको नेताको रुपमा स्थापित छन् । गएको २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा गोरखा–१, (ख) बाट प्रदेशसभामा बजगाईलाई पराजित गरिसकेको अनुभव छ नेता बस्नेतसंग । नेता बस्नेतलाई जनताले नजिकबाट चिन्ने मौका पाइसकेको मतदाताहरुको टिप्पणी छ । राजनीतिमा लामो समयदेखि निरन्तर रुपमा जनताको घरदैलोमा पुग्न भ्याएका बस्नेतका लागि यो पटकको निर्वाचनमा बगजाईसंगको अघिल्लो निर्वाचनमा भन्दा पनि झनै सहज भएको एमालेका नेताहरु बताउछन् । ‘अघिल्लो पटक बगजाईलाई पराजित गरिसकेकाले जनताले कुन नेतालाई जिताउने भन्ने कुरा अघिल्लो निर्वाचनमा नै देखाइसकेका छन्, एमालेका एक नेताले भने, ‘यो पटकको निर्वाचनमा त उनले गण्डकी प्रदेश सरकारमा रहदाँ गरेका कामले पनि जनता बस्नेतको पक्षमा रहेका छन् ।’

बस्नेतले अहिले मतदाताको घरघरमा भोट माग्न पुगेको र जनताहरु समेत उत्साहित देखिएको एमाले निकटहरुको दावी छ । यद्देपी गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्री रहेका बेला बस्नेतले गोरखामा गरेका केही कामहरु बिबादित नभएको भने होइन । अर्को तर्फ बजगाईले पार्टीबाट टिकट लिदैमा बिबादित बनेकाले पनि यो पटकको निर्वाचनमा उनका लागि सहज छैन । यो क्षेत्रमा काग्रेसका पुराना र स्वच्छ छवि बनाएका पार्टीका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले टिकट पाउने भनिएपनि अन्त्य टिकट बजगाईको पोल्टामा पुगेको थियो । आफुले टिकट नपाएपछि एक टेलिभिजन अन्तरबार्तामा उनले भनेका छन्, ‘मेरो धेरै बलियो छाती त, म होइन मेरा जनता मैले टिकट नपाउदा रोएका छन् ।’

उनको टिप्पणीले काग्रेसको ठूलो पक्षले बगजाईलाई असहयोग गर्ने कुरा निश्चित छ । ‘गण्डकी प्रदेशमा पनि मेरो नाम सर्वसम्मत भएको हो, पार्टी सभापति सहित सवै नेताहरु मेरो पक्षमा थिए, उनले भनेका छन्, मैले टिकट पाउने भनेर हामी गफ गर्दैै थियौ टिकट पछाडीबाट बजगाईले फुत्काएर पो लगिसकेछन् ।’  श्रेष्ठले पनि पर्यटन व्यवसायी र उद्योगलऊल व्यवसायीले गोरखा १ मा पछाडीबाट टिकट लिएर एकाएक गएको भन्दै आफु चकित र छाँगाबाट खसे जस्तो भएको बतााए । उनले टिकट बितरणमा आफू माथि अन्तर्घात भएको प्रतिक्रिया दिदै गर्दा त्यो अन्तर्घातको बदला निर्वाचनमा नलेला भन्न सकिन्न । त्यसले पनि बजगाईलाई अर्को चुनौती थपिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - १०:०८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology