Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

चितवन २ प्रदेश सभा ‘क’ : कृष्ण सिलवाललाई एमालेकै भर, घनश्याम दाहललाई अन्तरघातको डर

चितवन २ प्रदेश सभा ‘क’ : कृष्ण सिलवाललाई एमालेकै भर, घनश्याम दाहललाई अन्तरघातको डर

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७९
चितवन २ प्रदेश सभा ‘क’ : कृष्ण सिलवाललाई एमालेकै भर, घनश्याम दाहललाई अन्तरघातको डर
images

अञ्जन कुमार हिमाली, मुग्लिन । पुरापुर एघार बर्ष पनि टेकेका थिएनन् कि ०३६ सालमा निर्दल र बहुदल बीचको जनमत संग्रह हुँदा । राजनीति चेतको अभाव कै बीच पनि बहुदलको पक्षमा लाग्दा तत्कालीन शासकका नाजी द्वारा खाएको भरमार कुटाई नै राजनीतिक यात्राको पहिलो खुड्किलो बन्यो कृष्ण प्रसाद सिलवाल लागि ।

५ बर्षकै उमेरमा पिता गुमाउनुको पीडानुभूति कस्ले गर्न सक्ला र ? गरिवीको पर्दा उघार्दै उमेरमै बिधवाको पीडालाई लुकाएर आमा ललितादेबी सिलवालले बाबु र आमा दुबैको जिम्मेवारी एउटै काँधमा उठाइन ।

भनिन्छ नि ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल ०२५ सालमा जन्मिएका कृष्ण प्रसाद सिलवाल वकालतसँगै राजनीतितिर लागे । तत्कालीन समाज, एकल महिलाप्रति हेर्ने दृष्टि । भनीसाध्य थियो होला र ? सामन्ती समाजकोविरुद्ध लड्न, समतामूलक समाजको निर्माण गर्न पनि उनी कम्युनिस्ट बने । कानुन पढे । अधिबक्ता बने । आफूले पाएको डिग्रीलाई बिनिमयको साधन बनाएनन निशुल्क समाज सेवामा लगाए ।

IMG_20221105_113333-1536x721.jpg

अहिले चितवन २ ९ख० बाट निर्वाचन लड्दै छन् । प्रतिस्पर्धामा छन् माओबादी अध्यक्षका भाइ घनश्याम दाहाल । बाग्मती प्रदेशका मन्त्री समेत रहेका दाहाल कै चुनाबी सारथि थिए उनै सिलवाल २०७४ को निर्वाचनमा ।

अघिल्लो निर्वाचनमा दाहाल एमालेको पिठ्युँमा उभिएर चुनाव जितेका थिए । सानै उमेरदेखि आन्दोलनमा होमिएका कृष्ण प्रसाद सिलवाल ०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा होस् वा ०६२र ०६३ को गणतन्त्र प्राप्तिको आन्दोलनमा सिलवाल अग्रभागमा थिए ।

कम्युनिष्ट पार्टी सदस्य प्राप्त गरेको तीन बर्षमै ०५० सालमा चितवन जिल्ला कमिटी सदस्य बनेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन दारेचोक गाबिसको उपाध्यक्षमा अत्यन्तै लोकप्रिय मतले बिजयी बने ।

पार्टी र जनता प्रतिको बफादारितामा आँच आउन दिएनन् । पार्टी संकटका बेला बिचलित भएनन् । सतिसाल झैँ खडा भए । चौतर्फी घेराबन्दीमा पनि उनी इमान्दार पहरेदार बने ।

इच्छाकामना गाउँपालिकाको पार्टी अध्यक्ष बने लगत्तै पालिकामा स्थानीय निर्वाचनमा एमालेलाई बहुमत सहित बिजय गराउन सफल भए । सार्वजनिक सम्पत्तिको दोहन गर्ने आफ्नै कुल भित्र लडाइँ लडे । अनेकौं मुद्दा खेपे । चितवनका हरेक ग्रामीण बस्तीसँग मितेरी लगाए । हरेक नागरिकको दुस्ख सुखमा सामेल भए । लामो संघर्षको यात्रा गुजारेपछि चितवन २ ९ख० बाट प्रदेश माननीयको टिकट पाए ।

नागरिकको आग्रह थियो तपाई टिकट ल्याउनु जिताउने जिम्मा हाम्रो भो भनेर । अहिले यो भेगका जनताको हर्ष सीमा छैन । उत्साहित छन् । बिजय सुनिश्चित छ  कारण उनको क्षेत्रमा पर्ने कालिका नगरपालिका एमाले बिजयी बनेको छ ।

उनको आफ्नै पालिका इच्छाकामनामा अहिले एमाले कै पकड छ । भरतपुर महानगरका तीनवटा वडामा पनि एमाले कै बर्चस्व छ ।गठबन्धनका उम्मेदवारहरुमा मेल छैन । टुरिष्टको आरोप छ । घण्टी पार्टीकाले पनि प्रदेशमा सिलवाललाई नै मत दिने देखिन्छ । खरो मिजासका यथार्थबादी भएकै कारण लोकप्रिय बनेका कृष्ण प्रसाद सिलवालको बिजयलाई कसैले छेक्न नसक्ने एमाले कार्यकर्ता तथा कालिका नगरपालिका कि कार्यपालिका सदस्य ज्योति सुनुवारको दाबी छ ।

 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २२:२४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology