Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चिसो बढेसँगै जुम्लामा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्यो 

चिसो बढेसँगै जुम्लामा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्यो 

सिआईएन

१८, पौष २०७७
चिसो बढेसँगै जुम्लामा कोरोना भाईरस सङ्क्रमणको जोखिम बढ्यो 
images

मान बहादुर कुँवर, जुम्ला, १८ पुस । चिसो बढेसँगै जुम्लामा कोरोना भाईरस सङ्क्रमणको जोखिम समेत बढेको छ । जाडोको कारणले पानी बढी प्रयोग गर्न नसकिने र हात मुख सफा गर्न नसकिने अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थिति गराई पठनपाठन भइरहेका विद्यालयमा जोखिम झनै बढेको छ । कोरोना भाइरसबाट बँच्न माक्स प्रयोग गर्ने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने भनिए पनि जुम्लाका विद्यालयमा त्यस्तो अवस्था छैन । 
विद्यालयमा अहिलेसम्म कोरोना परिक्षण नहँुदा ढुक्कले पढ्ने वातावरण नभएको विद्यार्थीहरु बताउँछन् । सुरु सुरुमा विद्यालय आउदा तामक्रम नाप्ने गरेपनि अहिले विस्तारै हराउँदै गएको कर्णाली माद्यमिक विद्यालय अनामनगरका छात्रा रोशनी बुढा बताउँनुहुन्छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार अहिले जुम्लाको तापक्रम माईनसमा छ । धारामा बरफ जम्न सुरु भइसकेको छ । विगतका वर्षमा यतिबेला विद्यालय बन्द हुन्थे । तर यसपाली विद्यालयहरु सञ्चालनमा छन् । 
कक्षाकोठा भित्र चिसोको सास्ती मात्रै होईन कोरोना सङ्क्रमणको त्रास पनि छ । चिसो धेरै बढेपछि कतिपय विद्यालय बन्द गर्न थालिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्राध्यापक बालरोग विशेषज्ञ डा. सुनिल बुढाथोकी कोरोना भाइरस जाडो र सुख्खा मौसममा बढी सक्रिय हुने गरेको विभिन्न अध्ययनले देखाएको बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार सरकारले कोरोना सङ्क्रमण नभएका ठाउँमा स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने गरी सहमति दिएको हो । जनस्वास्थ्य र सुरक्षाका मापदण्डलाई परिपालन गरी कोरोना सङ्क्रमणको जोखिम नभएका समुदायमा विद्यालय सञ्चालन गर्न सकिने भनिएको छ । 
तर जुम्लामा जोखिमलाई ध्यानमा नराखेरै विद्यालय सञ्चालन गरिंदा समस्या भएको उहाँको भनाई छ ।  विद्यालयको हेलचेक्राई बढेको भन्दै, मापदण्ड पूरा नगरी पठनपाठन गर्न नहुने र विद्यालयमा पनि कोरोना परिक्षण हुनु पर्ने आवाज उठ्न थालेको छ । 

images
images

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - १९:०९:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology