Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राजनिति

चुनाव लड्न आर्थिक सहयोग माग्दै चितवन २ ‘क’ का एमाले उम्मेद्वार कृष्णप्रसाद सिलवाल

चुनाव लड्न आर्थिक सहयोग माग्दै चितवन २ ‘क’ का एमाले उम्मेद्वार कृष्णप्रसाद सिलवाल

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७९
चुनाव लड्न आर्थिक सहयोग माग्दै चितवन २ ‘क’ का एमाले उम्मेद्वार कृष्णप्रसाद सिलवाल
images

कुरिनटार । आसन्न प्रतिनिधि र प्रदेस सभा निर्वाचनको समय नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेद्बार हरु चुनावी घरदैलोमा ब्यस्त छन। चुनावी घरदैलोमा ब्यस्त इच्छाकामनाका स्थायी बासिन्दा तथा नेकपा एमालेका चितवन क्षेत्र २ ‘क’ तर्फका प्रदेश सभा सदस्य उम्मेद्बार कृष्ण प्रसाद सिलवाल भने चन्दा उठाएर चुनावी प्रचार प्रसारमा होमिएका छन।

देशभर चुनावी रौनक बढ्दै गर्दा सबै स्थानको चासो रहेको चितवनको क्षेत्र २ मा पनि चुनावी घर दैलो प्रचार प्रसारले थप रौनक बढाएको छ। चितवनको क्षेत्र २ मा प्रचार प्रसारमा अहिले सम्म मुख्य त ३ पार्टी मैदानमा छन लगातार दुई पटक प्रतिनिधि सभा निर्वाचन जितेको नेकपा एमाले त्यस्तै नेपाली कांग्रेस र माओबादीको गठबन्धन र भर्खरै दर्ता भइ चुनावी होडमा सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टी । नेकपा एमाले तथा गठबन्धनले प्रदेश सभामा समेत उम्मेद्बार उठाएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा आफ्नो पार्टी सभापती तथा चर्चित पुर्व संचारकर्मी रबि लामिछानेलाइ उठाएको छ।

चुनावी प्रचार प्रसार र अन्य खर्च अत्याधिक हुन थालेको कारण पैसा नहुनेले अब चुनाव लड्न नसक्ने हल्ला चली रहदा नेकपा एमाले बाट चितवन क्षेत्र २ क मा प्रदेश सभा सदस्य  उम्मेद्बार कृष्ण प्रसाद सिलवाल भने सामजिक संजाल मार्फत सहयोग अपिल गर्दै चन्दा नै उठाएर चुनावी घर दैलोमा होमिएका छन।

सामाजिक संजाल मार्फत सहयोगको लागि अपिल गरेपछी अहिले सुभेक्षुकहरुले स्वस्फुर्त सहयोग गर्न थालेको निकट श्रोतले जानकारी दिएका छन।  सामाजिक संजालमा कृष्ण प्रसाद सिलवालले आफ्नो खर्च पारदर्शी हुने र थोपा थोपा मिलेर सागर बन्ने भन्दै  सामाजिक संजालमा लेखेका छन।

हामी निर्वाचनमा होमिएका छौं। यहाँहरु सबैलाई अवगत नै छ मैले राजनीतिलाई कहिले पनि आर्थिक लाभ लिने ठाउँको रुपमा बनाइन र आगामी दिनमा पनि बनाउने छैन यो मेरो लागि यो नितान्त समाजसेवा र देशको सेवा हो।

मंसिर ४ को निर्वाचनमा म एमालेको प्रदेश सभा उम्मेदवार को रुपमा सहभागी हुँदै गर्दा मेरो उम्मेदवारीलाई एक सर्वसाधारण नगरीकको उम्मेदवारीको रुपमा हेरेकोछु। त्यस्तै निर्वाचन आफैंमा महँगो छ । उच्च आर्थिक हैसियत भएकाले मात्र निवाचन लढ्न सक्छ भन्ने सोच चारैतिर छ त्यस्तै निर्वाचनका धेरै विकृतिहरु पनि छन् । म त्यो प्रवृत्तिहरूलाई चिर्न आफ्नो आफ ठाउँबाट एउटा सानो भएपनि प्रयास गर्नेछु ।

नागरिकहरूको अपनत्व, माया र साथले म मेरो निर्वाचन अभियानलाई अगाडि बढाउन चाहन्छु । आआफ्नो ठाउँमा यहाँहरुले साथ र सहयोग गर्दै आउनुभएको छ । जसरि थोपा थोपा थोपा मिलेर समुद्र हुन्छ बन्छ । मेरो निर्वाचन अभियानलाई आफुले सकेको आर्थिक साथ दिनु हुनेछ भन्ने आशा राखेकोछु। म आफ्नो आर्थिक खर्च बारे पारदर्शी र मितव्ययी हुनेछु।    

सहयोगको लागि

बैंक : GLOBAL IME BANK
खातावालाको नाम:
KRISHNA PRASAD SILWAL
बैंकखाता नम्बर:
12107010000432
थप जानकारी:
९८५१००१३८२ 

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - २०:१७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology