Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अछाममा बैंक मार्फत सामाजिक सुरक्षाभत्ता लिन नागरिकलाई समस्या 

अछाममा बैंक मार्फत सामाजिक सुरक्षाभत्ता लिन नागरिकलाई समस्या 

images

सिआईएन

१८, पौष २०७७
अछाममा बैंक मार्फत सामाजिक सुरक्षाभत्ता लिन नागरिकलाई समस्या 
images

एकेन्द्र खत्री, अछाम, १८ पुस । अछाममा बैंक मार्फत सामाजिक सुरक्षाभत्ता लिन समस्या भएको छ । जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा प्राप्त गर्दै आएका नागरिकले बैंक मार्फत् भत्ता लिन झन्झटिलो भएको गुनासो गरेका छन् । 
गृह मन्त्रालयको कार्तिक २४ गतेको बैठकले मंसीर १ गतेदेखी सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैंक मार्फत भुत्तानी गर्ने निर्णय ग¥यो, त्यही अनुसार अछाममा पनि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ । तर सेवाग्राही दिनभरी लाई बस्दा पनि भत्ता पाउन गाह्रो भएको गुनासो गरेका छन् । अछामको छातासैनका मोती सिंह नगार्जीले बैंकबाट भत्ता लिन असजिलो भएको बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिनका लागि सिभिल बैंक जयगढमा आईपुग्नु भएका एकजना जेष्ठ नागरिक पार्वती आउजी भोकभोकै दिनभरी लाईन बस्दा पनि भत्ता नपाएको दुखेसो गर्नुहुन्छ । अन्य सेवाग्राहिले समेत सामाजिक सुरक्षा भत्ता बैँक मार्फत निकै झन्झटिलो भएको र आफुहरुलाई निकै समस्या भएकाले वडा कार्यालय मार्फत नै भत्ता बितरण गर्नुपर्ने बताएका छन् । 
बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भएको सेवाग्राहीको गुनासोमा बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुंगाना यसो भन्नुहुन्छ । बैंक मार्फत सामाजीक सुरक्षा भत्ता लिन आउने सेवाग्राहिको भीडले कोरोना संक्रमणको जोखीम समेत बढेको छ । बैंक रहेको स्थान जयगढमा दैनिक करिब २ सय जनासम्म जेष्ठ नागरिक आउने गरेका छन् । 
उनीहरुले मास्क समेत लगाएका हुँदैनन् भने एकअर्का बीचको भौतिक दुरी समेत कायम गरेका हुँदैनन् । 

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - १९:०५:३४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology