Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

विकास र समृद्धिका लागी एमालेलाई भोट दिनुहोस : एमाले उम्मेद्वार एकवहादुर राना

विकास र समृद्धिका लागी एमालेलाई भोट दिनुहोस : एमाले उम्मेद्वार एकवहादुर राना

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७९
विकास र समृद्धिका लागी एमालेलाई भोट दिनुहोस : एमाले उम्मेद्वार एकवहादुर राना
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ, क्षेत्र नं १ का उम्मेदवार एकवहादुर रानाले विकास र समृद्धिका लागी एमालेलाई भोट दिन आग्रह गर्नुभएको छ । आफुले जनताको समस्यालाई नजिकवाट नियालेको वताउनुभएको छ । ४ दशक देखि राजनितीमा लागेर जनताको समस्यालाई वुझेको छु । ननिर्वाचित जनप्रतिनिधीवाट जनताको समस्या सम्वोधन हुन सकेन । अत जनताले मलाई न्याय गर्नुहुनेछ भन्ने आशा गरेको छु, रानाले भन्नुभयो ।

आफु सधै जनताको समिपमा भएर पनि अवसर नपाएर काम गर्न नपाएको हुदाँ अवको निर्वाचनवाट न्याय दिन समेत रानाले अनुरोध गर्नुभयो । पार्टीले टिकट दिएपनि जितको अवसर नपाँउदा विकास निर्माण र जनताको समस्या समाधान गर्न सकिएन । सधै राजनिती र जनताको लागी जीवन व्यतित गरेको छु । अवश्य पनि मुल्यांकन गर्नुहुनेछ, रानाले भन्नुभयो । 

चुनावी प्रचारको सिलसिलामा जनताको घरदैलोमा भोट माग्ने क्रममा रानाले सो कुरा वताउनुभएको हो । राजनितीको विभिन्न कालखण्डमा सधै जनतासँगै छु । यो क्षेत्रवाट विभिन्न व्यक्तिहरुले चुनाव जितेर जानुभयो, तर जनता र विकास प्रति उत्तरदायी हुनुभएन । तसर्थ विकास र समृद्धीको लागी नेकपा एमालेले विजयी गराउनुहोस, एमालेले जनताको समस्या समाधान गर्दछ, रानाले भने । 

नेकपा एमालेले राष्ट्रियताको मुद्धा, जनजिविका, विदेश सँगको सम्वन्ध र विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको छ । देश र जनताको सर्वाङ्गिण विकासको लागी नेकपा (एमाले) को विकल्प छैन । समाज र देश परिवर्तनका लागी एमालेलाई जिताउनुहोस, रानाले भने । 

चुनावी दौरानको अवसरमा एकवहादुर राना क्षेत्रका विभिन्न वडा, टोल र क्षेत्रमा चुनावी अभियानमा जुटेका छन् । 

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - ०९:४९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology