Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय ७० पुग्यो 

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय ७० पुग्यो 

images

इच्छाकामना न्युज

१८, पौष २०७७
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय ७० पुग्यो 
images

चितवन, १८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप  ४ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।  
नेपालमा पछिल्लो २४ घण्टामा थप  ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको छ ।     

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - १९:०३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology