Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेशको नेतृत्व गर्नेगरी चितवनबाट उम्मेदवार बनेको हुँ : एमाले उम्मेद्वार देवी ज्ञवाली

प्रदेशको नेतृत्व गर्नेगरी चितवनबाट उम्मेदवार बनेको हुँ : एमाले उम्मेद्वार देवी ज्ञवाली

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
प्रदेशको नेतृत्व गर्नेगरी चितवनबाट उम्मेदवार बनेको हुँ : एमाले उम्मेद्वार देवी ज्ञवाली
images

चितवन । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताउनुभएको छ । आज (आइतबार) भरतपुरमा आयोजित घरदैलोका क्रममा उहाँले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताउनुभयो । निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उहाँले बताउनुभयो ।

images
images

‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो, उहाँले भन्नुभयो, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरे,यही क्षेत्रका जनताको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहान्छु ।’ उहाँले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले बिशेष महत्व दिने उल्लेख गर्नुभयो । ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकिय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

devi (1).webp

उहाँले आफू सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । ‘मैले आयोगको अध्यक्ष हुँदा देशभरको समस्या समाधान गर्नेगरी काम गरेको थिएँ, सबै प्रकृया सकेर पुर्जा बाँढ्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो’,उहाँले भन्नुभयो ।’ सुकुम्बासी समस्या समाधानका लागि बाँकी काम पुरा गर्नका लागि पनि एमालेको सरकार आउनुपर्ने नेता ज्ञवालीले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा पनि सुकुम्बासीको समस्या धेरै रहेको भन्दै त्यसलाई समाधान गर्नका लागि निरन्तर काम गर्ने बताउनुभयो ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा शक्तिखोर–माझिमटार सुरुङमार्ग निर्माण गर्नुपर्ने भन्दै उहाँले सिंचाई र जलविद्युतसहितको सुरुङमार्ग निर्माण गर्न सके चितवनको विकासमा कायापलट हुने धारणा राख्नुभयो । चितवनमा सिंचाइको समस्या समाधानका लागि पनि यो अयोजना आवश्यक रहेको उहाँको भनाई छ । ज्ञावाली चितवन–२ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहनुभएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - २१:०५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology