Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र खुल्यो

चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र खुल्यो

images

इच्छाकामना न्युज

१८, पौष २०७७
चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र खुल्यो
images

चुम्लिङ्गटार, १८ पुस । चितवनको  इच्छाकामना गाउँपालिकामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र खुलेको छ । जिल्ला आयुर्वेद कार्यालय चितवनले इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र खोलेको हो ।
केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले इच्छाकामना गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएकोमा जिल्ला आयुर्वेद कार्यालय रत्ननगरलाई धन्यवाद दिनुभयो । केन्द्रलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । गाउँपालिकाका नागरिकलाई सबै प्रकारको स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका लागी परिरहेको उहाँले बताउनुभयो । भौगोलिक विकटता रहेको यस गाउँपालिकामा हरेक वडामा स्वास्थ्य सेवा केन्द्रहरु स्थापना गरिएको बताउनुभयो । साथै सडक दुर्घटना बढी हुने पृथ्वीराजमार्ग पनि यस गाउँपालिकामै पर्ने भएकाले गाउँपालिकाले शसस्त्र प्रहरी बल विवद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्थापना गरिएको ट्रमा सेन्टरमा व्यवस्थापकिय सहयोग गरिरहेको बताउनुभयो । आँखा उपचार केन्द्र सेवा पनि संचालनमा ल्याएको र दाँत उपचार केन्द्र पनि छिट्टै सञ्चलान ल्याउने बताउनुभयो ।

135551951_1443050149223982_4633476618239286193_n.jpg
कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय रत्ननगर चितवनका जीवन बाबु घिमिरेले यस नागरिक आरोग्य सेवा केन्द्रमा नसा वाथ, यूरिक यसिड लगायतका रोगको निशुल्क जाँच तथा उपचार गरिनेछ । साथै तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, दुखाइको व्यवस्थापन जस्ता सेवा र उहाँ अनुसार एउटा केन्द्रमा एक जना वैद्य र एक जना थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ ।
चुम्लिङ्गटारका स्थानीय प्रमोद पोखरेलले लामो समयको पहलपछि इच्छाकामनामै पहिलो पटक आयुर्वेद सेवा ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपा जिल्ला सचिवालय सदस्य प्रताप गुरुङ, नेपाली कांग्रेस जिल्ला सदस्य विष्णु कुँवर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छाकामनामा आयुर्वेद सेवा आउनु गर्वको कुरा भएको भन्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम वडाध्यक्ष गोवर्धन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबिच नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनका लागि स्थानीय समाजसेवी कृष्णप्रसाद सापकोटाले निशुल्क घर उपलब्ध गराउनुभएको छ । दुई बर्षका लागि केन्द्र सञ्चालन गर्न निशुल्क उपलब्ध गराउनुभएको हो ।

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - १८:४६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology