Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कालिकाको घरदैलोमा मत माग्दै गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल

कालिकाको घरदैलोमा मत माग्दै गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल

images

इच्छाकामना न्युज

२०, कार्तिक २०७९
कालिकाको घरदैलोमा मत माग्दै गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल
images

चितवन ।  चितवन लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) कालिका नगरवासीमा पुगेका छन्  ।

प्रचार प्रसारका क्रममा आइतबार पूर्वी चितवनको कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलोका लागि पुगेका उम्मेदवारदाहाललाई कालिकावासीले जितको अग्रिम शुभकामना दिएका थिए । प्रचार प्रसारमा गठबन्धनका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्वसाधारणको पनि उपस्थिती रहेको थियो ।    

यसअिघ नै प्रदेश सासंद जिति सकेका दाहालको विकास निर्माणबाट कालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर २ मा चुनाव जित्न उम्मेदवारका लागि कालिकाका मतदाता निर्णायक मानिन्छन् ।

उम्मेदवार दाहाल प्रचार प्रसारका क्रममा उनीसहित समानुपातिक उम्मेदवार ईश्वर सापकोटा सुमनसहित चुनावी कमाण्डर नारायण दाहालसहितका नेताहरुले आफुलाई भोटभन्दा बढी स्थानीय बासिन्दाका समस्याहरु सोधेका थिए ।

कालिका वासीले आफुलाई हौसला दिदाँ चुनाव जित्ने आत्म विश्वास बढेको उम्मेदवार दाहालले सुनाए । उनले कालिका नगरसहित समग्र चितवनको विकासमा आफू थप नयाँ कार्यक्रम बोलेर भन्दा कामबाटै देखाउने प्रतिवद्धता जनाए । दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - २०:०२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology