Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङलाई पत्निशोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङलाई पत्निशोक

images

रासस

२०, कार्तिक २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङलाई पत्निशोक
images

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नि शोक परेको छ । गुरुङको पत्नी शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उहाँको जन्म भएको हो ।

उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उहाँका पति टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुनुहुन्छ ।

कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले उहाँको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताउनुभयो । स्व गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उहाँले बताउनुभयो । 

*उल्लेखित समाचारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको धर्मपत्नीको निधन भएको हुनुपर्नेमा भुलबस अन्यथा हुन गै पाठकवर्गमा भ्रम सृजना हुन पुगेकोमा पाठकवर्ग र परिवारजनप्रती हामी क्षमा प्राथी छौ, आगामी दिनमा यस्ता भुल हुन नदिन हामी सदैव सचेत रहनेछौ । धन्यवाद । सम्पादक ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - १०:५४:२२ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology