Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

नाटकीय रुपमा फुलहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

नाटकीय रुपमा फुलहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

images

एजेन्सी

२०, कार्तिक २०७९
नाटकीय रुपमा फुलहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा
images

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल तालिकाका शीर्ष स्थानमा पुगेको छ । गएराति निकै रोमाञ्चक खेलमा फुलहमलाई २-१ गोलले हराउँदै सिटी ३२ अंकसहित आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । आर्सनलको ३१ अंक छ ।

गएराति सिटीका लागि अल्भारेजले १६ औँ मिनेटमा गोल गरेका थिए । तर फुलहमले पेनाल्टीमार्फत २८ औँ मिनेटमा बराबरी गोल फर्कायो । सिटीका क्यान्सेलो रातो कार्ड खाँदै बाहिरिए । निर्धारित ९० मिनेटसम्मको खेल बराबरीमै थियो ।

तर थपिएको समयको अन्तिम मिनेटमा सिटीले पेनाल्टी पायो । इर्लिङ हलाण्डले गोल गर्दै सिटीलाई नाटकीय जित दिलाए । हारेको फुलहम १९ अंकसहित आठौं स्थानमा छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - ०८:१८:०८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology