गोरखा १३ पुस । नेपाल पत्रकार महासँघ गोरखा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको तुलसी पत्रकारिता पुरस्कारबाट गोरखाका कान्तिपुरकर्मी पत्रकार भिमलाल श्रेष्ठ पुरस्कृत भएको छ। महासंघले २०७० सालदेखि निरन्तर प्रदान गर्दै आईरहेको तुलसी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुर टेलिभिजनका गोरखा संवादाता पत्रकार श्रेष्ठलाई प्रदान गरेको हो।
लिगलिगकोटमा भएको १० औ जिल्ला साधारणसभाको अवसरमा महासँघका अध्यक्ष गोविन्द आचार्यले श्रेष्ठलाई दोसल्लाबाट सम्माान सहित नगद १० हजार राशिको तुलसी पत्रकारिता पुरस्कार प्रदान गरेका थिए । तुलसी अर्यालको सम्झनामा १ लाख राशिको तुलसी पत्रकारिता कोष स्थापना गरि पुरस्कार वितरण हुदै आएको महासंघ गोरखा शाखा सभापति किशोरजंग थापाले जानकारि दिए।