Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देश बनाउन नसक्नेलाई मंसिर ४ गते विस्थापित गर्नुहोस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

देश बनाउन नसक्नेलाई मंसिर ४ गते विस्थापित गर्नुहोस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
देश बनाउन नसक्नेलाई मंसिर ४ गते विस्थापित गर्नुहोस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
images

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ पछि नेता र राजनीतिक पार्टीलाई गाली गर्ने छुट जनतालाई नभएको बताएका छन् । गोरखाको पालुङटारमा शनिवार आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले भने ‘मंसिर ३ सम्म हामीलाई, नेतालाई, पार्टीलाई गाली गर्न छुट छ, देश बनेन् भनेर गुनासो गर्नुहुन्छ, बनाउन नसक्नेलाई मंसिर ४ गते बिस्थापित गर्नुप¥यो नि !’ नेता मात्र होईन तिनैलाई भोट दिएर पठाउने जनतापनि दोषि रहेको उनले बताए ।

images
images

अहिले देश ओरालो लाग्ने क्रममा रहेको उनले बताए । कृषि प्रधान देशमा पैसा तिरेर एक बोरा युरिया मल पाइएन भनेर किसानले गुनासो गर्ने गरेको बताउँदै उनले भने ‘अरबौँ पैसा छुट्याईन्छ, कसरी कमिसन पाईन्छ भन्दैमा बर्खा लाग्छ, यो हरेक सालको कथा हो ।’

मतदातालाई उनले भने ‘तपाई बिग्रनुहोस केही छैन तर तपाईलाई देश बिगार्ने छुट छैन, छोराछोरीको भविष्य बिगार्ने छुट छैन, यती कुरा याद गरेर मतदान गर्नु ।’

राप्रपाले सबैभन्दा धेरै उम्मेदवार उठाएको बताउँदै उनले कांग्रेस, माओवादी लगायत गठबन्धनका दल कसैलेपनि सय भन्दाबढि उम्मेदवार उठाउन नसकेको बताए । आफैँ सरकार बनाउन ताकत गठबन्धनका कुनैपनि पार्टीले नराख्ने उनले दावी गरे । गठबन्धनबाट सबै जोड्दा पुग्यो भने फेरी शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै उनले भने ‘उहाँ ७९ वर्षको हुनुभयो, पाचौँ पटक प्रधानमन्त्री हुनुभयो, ८० वर्ष पुगेर छैठौँ चोटी प्रधानमन्त्री हुँदा के यो देश बन्छ त ।’

द्वन्द्वको नाममा उर्भर समय नेपालको खेर गएको र देश ५० वर्ष पछाडी परेको उनले बताए । ‘हामीले धेरै प्रगती ग¥यौँ राजा हटायौँ भन्छन्’ अध्यक्ष लिङदेनले भने ‘तर यो परिर्वतनको परिणाम एउटा राजा हटाएर अर्को राजपरिवार खडा भएको छ ।’

नातागोता र आफन्तका लागिमात्रै यो काम लागेको उनले बताए । राप्रपाले उठाएका विषय एउटा पार्टीको नभएर साझा देशको कुरा भएको उनले बताए । नेता र राजनीतिक अगुवाले बिकृत गरेका कारण युवा र वुद्धिजीवीको राजनीतिक प्रति बितृष्ण बढेको उनले बताए । अहिले नेतृत्व गरिरहेका पुस्तालाई बिस्थापित गरेर शासन प्रणालीमा सुधार गर्नुपर्ने उनले बताए । अहिलेको प्रणालीपनि असफल भएको उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - २१:०६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology