मुग्लिन । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै नेकपा एमालेले चितवनको इच्छाकामना गाउँपालिकामा घरदैलो अभियान सुरु गरेको छ । चितवन क्षेत्र नं. २ अन्तर्गतका प्रदेश तथा प्रतिनिधि सभाका दुवै उम्मेद्वारहरु सहित एमालेले आजदेखि इच्छाकामनामा घरदैलो अभियान सुरु गरेको हो।

अभियानको पहिलो दिन आज इच्छाकामना गाउँपालिकाको वडा नं. ३ स्थित फिस्लिङ, चुम्लिङटार, कुरिनघाट, कुरिनटार, लेवाटार, मुग्लिन लगायतका स्थानहरुमा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार कृष्णभक्त पोखरेल र चितवन क्षेत्र नं. २ ‘क’ प्रदेश सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिलवाल सहित घरदैलो गरेको छ।

दुवै उम्मेद्वारले घरदैलोको क्रममा स्थानीयलाई भेट गरी आफुलाई मत दिन अनुरोध गरेका थिए।

यस्तै घरदैलोका क्रममा फिस्लिङमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेको एमाले इच्छाकामनाले जानकारी दिएको छ भने घरदैलोकै क्रममा कुरिनटारमा नेकपा एकिकृत समाजवादि पार्टीका इच्छकामना संयोजक रामचन्द्र सिलवाल एमालेमा प्रवेश गरेका छन् ।

