Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

यस्ता छन् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका चुनावी प्रतिवद्धता

यस्ता छन् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका चुनावी प्रतिवद्धता

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
यस्ता छन् एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका चुनावी प्रतिवद्धता
images

लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । लमजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको गुरुङ एवम् प्रदेशसभा सदस्यका उम्मेदवारहरु कृष्णप्रसाद अधिकारी र जमन्द्रिमान घलेले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका गुरुङले आफ्नो कार्यकालमा गरेका सुधारका कार्यहरुसमेत उल्लेख गर्दै घोषणा पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा विकासका पूर्वाधार विकास मुख्यरूपमा उल्लेख गरिएको छ । सडकमा सन्दर्भमा मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न गर्न पहल गर्नेदेखि जिल्लाभरीका संघ, प्रदेश र स्थानीय सरका मातहतका सडकहरुलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन सञ्चालनको व्यवस्था गरिने प्रतिवद्धता प्रस्तुत गरिएको छ ।

त्यस्तै, सबै पालिकामा उद्योगग्राम स्थापना गर्न पूर्वाधार विकास गर्ने, जिल्लामा नयाँ पदमार्गहरुको खोजी, निर्माण एवम स्थापित पदमार्गहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने घोषणा पत्रमा भनिएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि जिल्ला अस्पतालको सुदृढिकरणदेखि प्रत्येक वडामा स्वास्थ्य चौकीहरुको स्थापना गर्ने र गाउँ गाउँमा स्वास्थ्य क्लिनिकहरुको व्यवस्था मिलाउने प्रतिवद्धता पत्रमा जनाइएको छ ।

त्यसैगरी, शिक्षा क्षेत्रमा जिल्लामा एउटा नमुना प्राविधिक स्कुल सञ्चालन गर्नेदेखि एउटा साइन्स कलेजको सञ्चालन गरिने भनिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०८:३८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology