Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका कारण पालिकामा विकास ठप्प

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका कारण पालिकामा विकास ठप्प

images

पत्रपत्रिका

१९, कार्तिक २०७९
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका कारण पालिकामा विकास ठप्प
images

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन् । स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो ।

स्थानीय तहका जनप्रतिनिधि आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउनका लागि आन्तरिक रूपमा चुनावी रणनीति बनाउन सक्रिय हुन थालेपछि स्थानीय तहमा विकास निर्माणका काम सुरु गर्न ढिलाइ भएको छ ।

यस अगाडिका वर्षमा भने स्थानीय तहमा भदौदेखि नै उपभोक्ता समिति निर्माण, टेन्डर आह्वान, योजना सम्झौता भई असोजदेखि कात्तिकभित्रमा भौतिक रूपमा नै विकास निर्माणका योजना सञ्चालनमा आइसक्ने थिए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहका जनप्रतिनिधि पनि पार्टीकै प्रतिनिधि भएकाले आ–आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचनमा जिताउनका लागि आन्तरिक रूपमा लाग्नु स्वाभाविक भएको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०८:३३:१६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology