Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेले सार्वजनिक गरेका घोषणापत्रका प्रतिबद्धता पूरा गर्छौं : पूर्वमन्त्री किरण गुरुङ

एमालेले सार्वजनिक गरेका घोषणापत्रका प्रतिबद्धता पूरा गर्छौं : पूर्वमन्त्री किरण गुरुङ

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
एमालेले सार्वजनिक गरेका घोषणापत्रका प्रतिबद्धता पूरा गर्छौं : पूर्वमन्त्री किरण गुरुङ
images

तनहुँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

images
images

तनहुँको ऋषिङ गाउँपालिका वडा नं. १ झापुटारमा बिहीबार आयोजित घरदैलो अभियानका क्रममा पूर्वमन्त्री गुरुङले एमालेले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन हुने बताए । 

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले एमालेले जे बोल्छ त्यो गर्ने दाबी गर्दै सार्वजनिक गरिएको २० ग्यारेण्टीसहितको घोषणापत्र कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । “मङ्सिर ४ गते हुने निर्वाचनपछि अध्यक्ष केपी ओली नेतृत्वमा बहुमतको सरकार बन्छ, एमाले नेतृत्वमा देश विकासले सार्थक रुप लिन्छ”, गुरुङले भने । 

देश विकासको सङ्कल्प बोकेर एमाले चुनावी अभियानमा होमिएको भन्दै गुरुङले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गरेरै छाड्ने दाबी गरे । तनहुँ क्षेत्र नं २ मा एमालेले शुरु गरेको विकास अभियानलाई निरन्तरता दिन आफू उम्मेदवार बनेको गुरुङले प्रष्ट पारे । “सडक, खानेपानी, बाटोका काम अगाडि बढेका छन्, यसलाई निरन्तरता दिनु छ, एमालेको विकास अभियानका कारण जनताको आकर्षण बढेको छ”, उनले भने । 

प्रदेशसभा ‘ख’ का उम्मेदवार केदार सिग्देलले राष्ट्रियताको सवालमा एमाले दृढ रहेको भन्दै विकास निर्माणका लागि आफूहरू सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगले आजदेखि कोणसभा, जुलुस, ¥याली गर्न अनुमति दिएसँगै राजनीतिक दल तथा उम्मेदवार त्यसको तयारीमा जुटेका छन् ।

तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । मतदाताले उम्मेदवारसँग देशमै रोजगारी व्यवस्था, सडक स्तरोन्नति, खानेपानी व्यवस्था, समयमै मलको व्यवस्थापन हुनुपर्नेलगायतका माग राख्दै आएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १०:१८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology