Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भन्सार कार्यालयलाई सन्दर्भ मूल्यसूची कडाइका साथ कार्यान्वयन गर्न निर्देशन 

भन्सार कार्यालयलाई सन्दर्भ मूल्यसूची कडाइका साथ कार्यान्वयन गर्न निर्देशन 

images

सिआईएन

१७, कार्तिक २०७९
भन्सार कार्यालयलाई सन्दर्भ मूल्यसूची कडाइका साथ कार्यान्वयन गर्न निर्देशन 
images

काठमाण्डौ । भन्सार विभागले पहिलो त्रैमासिकमा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि देशभरिका भन्सार कार्यालयलाई सन्दर्भ मूल्यसूची कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ सय ४७ अर्बको लक्ष्य राखेकोमा ९७ अर्ब मात्रै भन्सार महशुल असुली भएपछि भन्सार जाँचपासका प्रक्रियामा सन्दर्भमूल्य सूचीलाई कडाईका साथ पालना गर्न निर्देशन दिएको भन्सार विभागका सूचना अधिकारी पुन्य विक्रम खड्काले सीआईएनसँग बताउनुभयो ।

विभागले पहिलो त्रैमासिकमा लक्ष्यको ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेपछि कात्तिक २ गते देशभरिका कार्यालय प्रमुखहरुलाई बोलाएर समीक्षा गोष्ठी गरेको थियो ।

राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन हरेक भन्सार कार्यालयले भन्सार जाँचपासका सबै प्रक्रिया नछाड्ने, भन्सार कार्यालयले राजस्व चुहावट नियन्त्रण गर्न आफ्नो नेतृत्वमा सुरक्षा बल गठन गर्ने र सुरक्षा बलको गठनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको विभागले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०९:४२:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology