Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

किसानको व्यथा

किसानका लागि गरेका प्रतिवद्धता पूरा नगरेको भक्तपुरका किसानहरूको गुनासो 

किसानका लागि गरेका प्रतिवद्धता पूरा नगरेको भक्तपुरका किसानहरूको गुनासो 

images

सिआईएन

१७, कार्तिक २०७९
किसानका लागि गरेका प्रतिवद्धता पूरा नगरेको भक्तपुरका किसानहरूको गुनासो 
images

सुसिला श्रेष्ठ, काठमाडौँ । यस अघि निर्वाचित उम्मेदवारहरूले किसानका लागि गरेका प्रतिवद्धता पूरा नगरेको भक्तपुरका किसानहरूले बताएका छन् । माटोको उर्वराशक्ति प्रशस्त भएकाले बाह्रै मास मौसम अनुसारको खेती गर्ने किसानहरू सिँचाई, मल लगायतको अभाव हुँदा समस्या भएको गुनासो गर्छन् ।

पूरा नहुने आश्वासन बाँड्नुभन्दा किसानका आधारभूत समस्यालाई सम्बोधन गरिनुपर्ने उनीहरू बताउँछन् । तर आगामी निर्वाचनबाट निर्वाचित सांसदले समस्या सामाधान गर्लान् कि भन्ने आशा कायमै रहेको चाँगुनारायण ४ का पुन्यराम बास्कोलाले बताउनुभयो ।

२ वटा निर्वाचन क्षेत्र भएको भक्तपुर जिल्लामा कुल १ लाख ९४ हजार ४ सय ३९ जना    मतदाता रहेका छन् । जसमा ७५ प्रतिशत भन्दा बढि मतदाता कुनै न कुनै कृषि पेशामा आबद्ध रहेका छन् । भक्तपुरको कुल क्षेत्रफल १२ हजार ७३८ हेक्टर मध्ये ८ हजार ७७ हेक्टरमा खेती गरिएको छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - ०९:४०:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology