Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

‘मानसिक स्वास्थ्यको विकासमा ध्यान दिनेछु’ : धन्जु महतो

‘मानसिक स्वास्थ्यको विकासमा ध्यान दिनेछु’ : धन्जु महतो

images

इच्छाकामना न्युज

१६, कार्तिक २०७९
‘मानसिक स्वास्थ्यको विकासमा ध्यान दिनेछु’ : धन्जु महतो
images

भरतपुर । चितवन जिल्लाबाट बागमती प्रदेश सभाको समानुपातिकतर्फकी उमेदवार धन्जु महतोले मंसिर ४ मा हुने निर्वाचनमा आफूलाई जिताइदिन आमतदाताहरूलाई आग्रह गरेकी छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)बाट उमेदवार बनेकी महतोले आफ्नो चुनाव चिन्ह ‘घैला’ मतदान गरी जिताइदिन आग्रह गरेकी हुन् । समग्र आदिवासी जनजाति समुदायको हक अधिकार, संविधान कार्यान्वयनलगायतका विषयमा आवाज उठाएर संसदसम्म लैजाने योजनासहित उमेदवारी दिएको महतोले बताइन् ।

रत्ननगर स्थायी घर भई हाल भरतपुरमा व्यवसाय गर्दै आएकी महतोले मानसिक स्वास्थ्यमा सुधार गर्ने अर्को योजना अघि सारेकी छन् । ‘हालसम्म ठूला दलहरूले भौतिक विकासमा मात्रै ध्यान दिएको हुँदा मानसिक स्वास्थ्यको विकासमा पनि ध्यान दिन आवश्यक देखेको छु,’ उनले भनिन्, ‘किनकि स्वास्थ्य नै नरहे अन्य चिजको आवश्यकता नै पर्दैन ।’

बागमती प्रदेशमा नेवार, तामाङ, चेपाङलगायत आदिवासी जनजाति समुदायको बाहुल्यता बढी छ । त्यसैले पनि समानुपातिक प्रदेश सदस्यमा आफूलाई राम्रै मत आउनेमा उनी ढुक्क छिन् । ‘जनताको आवाजलाई संसदसम्म लगेर पुलको काम गर्न जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु,’ उनले भनिन् ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - २०:४६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology