तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले पहिलो पटक प्रदान गर्न लागेको ‘तमू वर्ष पुस्तक पुरस्कार–२०७६’ बाट टिम आई. गुरुङको ‘आयो गोर्खालीः अ हिस्ट्री अफ दि गोर्खाज्’ (गैरआख्यान) र तीर्थ गुरुङको ‘आपा क्हार्प’–कथा सङ्ग्रहले पाउने भएको छ। तमू ह्युल प्राज्ञिक उप–समितिको मंगलबार बसेको बैठकले च्यु ल्हो (मुसा वर्ग) मा प्रकाशित तमु स्रष्टाका पुस्तकहरु मध्येबाट टिम आई. गुरुङको ‘आयो गोर्खालीः अ हिस्ट्री अफ दि गोर्खाज्’ (गैरआख्यान) र तीर्थ गुरुङको ‘आपा क्हार्प’–कथा सङ्ग्रहलाई ‘तमू वर्ष पुस्तक पुरस्कार–२०७६’ प्रदान गर्ने निर्णय गरेको हो।
पुरस्कार प्रदान गर्ने बारे तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले प्रेस विज्ञप्ती प्रकाशित गरि जानकारी दिएको छ। गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले यसै वर्षदेखि प्रारम्भ गरिएको यो पुरस्कार अब हरेक वर्ष तमू ल्होसारमा प्रदान गर्ने परिषद्ले जानकारी दिएको छ।