Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका नेताहरुद्वारा सामुहिक रुपमा पार्टी परित्यागको घोषणा

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका नेताहरुद्वारा सामुहिक रुपमा पार्टी परित्यागको घोषणा

इच्छाकामना न्युज

१६, कार्तिक २०७९
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका नेताहरुद्वारा सामुहिक रुपमा पार्टी परित्यागको घोषणा
images

निशा राई, धरान । रवि लामेछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका नेताहरुले विभिन्न आरोप लगाउदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेताहरुले मंगलबार धरानमा पत्रकार सम्मेलनगरी पार्टी परित्यात गरेको घोषणा गरेका हुन् । 

images
images

पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरुले पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी सभापति सञ्जिव भट्टराईले बताउनुभयो ।  

उहाँले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दा जस्ता आरोपहरु सही त थिएन भन्ने आशंका जन्मिएको र निष्पक्ष छानविनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै कानूनी पक्रियामा जाने निर्णयका साथ यस पार्टी परित्याग गरेको बताउनुभयो । 

सुनसरी जिल्ला सचिव तथा प्रदेश नं १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण अपारदर्शीतरिकाले गरेको, उम्मेदवार छनोट  हुनुअघि नै आकांक्षीहरुसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिहरुको स्वेच्छाचारिता बढेको कारण पार्टी परित्याग गर्नुपरेको बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - ०८:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology