Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको सरकार आए ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क दिने घोषणा

एमालेको सरकार आए ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क दिने घोषणा

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
एमालेको सरकार आए ५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क दिने घोषणा
images

काठमाडौं । नेकपा एमालेले ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९को लागि जारी गरेको चुनावी घोषणापत्रमा वर्षायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

images
images

एमालेले ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शत प्रतिशत पुर्‍याइने बताएको छ । घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइने उल्लेख छ ।

आगामी तीन वर्षमा सतह तथा भमिू गत सिंचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने भन्दै एमालले सिंचाइलाई वर्षायामको बिजली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
त्यसैगरी एमालले आगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पुर्‍याउने र सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - २१:०१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology