Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको घोषणा पत्र सार्वजनिक : पाँच वर्षमा पुरा हुनेगरी २० ग्यारेन्टी 

एमालेको घोषणा पत्र सार्वजनिक : पाँच वर्षमा पुरा हुनेगरी २० ग्यारेन्टी 

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
एमालेको घोषणा पत्र सार्वजनिक : पाँच वर्षमा पुरा हुनेगरी २० ग्यारेन्टी 
images

काठमाण्डौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आज काठमाडौंको एक होटलमा कार्यक्रमको आयोजना गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो ।

images
images

झन्डै २० हजार शब्द रहेको घोषणा पत्रमा ५ वर्षमा २० ग्यारेन्टी दिइएको छ । ग्यारेन्टीमा स्वस्थ महिनावारीः १५ सय वर्षभरि, महिलाहरूलाई स्यानिटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ, देशको अर्थतन्त्र पाँच वर्षभित्रमा एक सय खर्बको बनाउने उल्लेख छ । १० हजार लिटर पानी निःशुल्क दिने, ५० युनिटसम्म बिजुली निःशुल्क, ५ लाखलाई रोजगारी दिने र न्यूनतम तलब मासिक २५ हजार दिने एमालेको घोषणा पत्रमा उल्लेख छ।

यस्तै स्वदेशी उत्पादनलाई विदेशमा निर्यात गर्ने, भोकमरी अन्त्य गर्ने, नेपालीलाई मात्र नागरिकता दिने र समृद्धि अधिवेशन गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ।मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिँदै सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ।

यस्तै, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवाको नीति कार्यान्वयन गर्ने, ‘निरोगी नेपाल, सबल नागरिक नीति अघि बढाउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क दिने घोषणा पनि एमालेले गरेको छ ।

वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क गर्ने, ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनीको मान्यता अघि बढाउने,सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहरःस्वच्छ र हरियाली बस्तीको अवधारणा कार्यान्वयन गर्ने, सरल, सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाजःमर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने घोषणा पनि आयोगले गरेको छ ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष कुराकानी पनि गरिएको थियो । 

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - २०:३०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology