Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

इच्छाकामना न्युज

१५, कार्तिक २०७९
नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने
images

काठमाडौं । नेकपा एमालेले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

images
images

आज (मंगलबार) दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए ।

आम निर्वाचन नजिकिएसँगै निर्वाचनमा सहभागी दलहरु आ-आफ्नो उम्मेदवारका लागि मत माग्न आगामी पाँच वर्षमा पार्टीले लिएको लक्ष्य र संकल्पस्वरुप घोषणापत्र सार्वजनिक गरिरहेको छ । यसअघि शनिबार नेपाली कांग्रेसले र सोमबार माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०७:४८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology