Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालमा बेरोजगारको सङ्ख्या बढ्दै, ८ लाख ४१ हजार पुग्यो

नेपालमा बेरोजगारको सङ्ख्या बढ्दै, ८ लाख ४१ हजार पुग्यो

images

पत्रपत्रिका

१४, कार्तिक २०७९
नेपालमा बेरोजगारको सङ्ख्या बढ्दै, ८ लाख ४१ हजार पुग्यो
images

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि सङ्ख्या बढेको बताए। आजको कारोबार दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - ०८:४४:३५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology