मुग्लिन । गोरखाको शहिद लखन गाउँपालिका ३ मा पर्ने त्रिवेणी भगवती माईको मन्दिरमा श्रीमद् भागवद जीवन दर्शन कथा वाचन सुरु भएको छ । मन्दिरको पुनःनिर्माण सहयोगार्थ आयोजना गरिएको कथा वाचन शुक्रबारदेखि सुरु भएको हो।
कथा वाचनको पहिलो दिन त्रिशुली नदीको जल ल्याएर त्रिवेणी भगवती माईको मन्दिरमा चढाएर समुद्घाटन गरिएको थियो भने समुद्घाटनको सुरुवातमा त्रिवेणी थान देखि मुग्लिन बजार पुरै परिक्रममा गरि पुनः त्रिवेणी थानसम्म कलश यात्रा गरिएको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि मनकामना मन्दिरका मूल पूजारी इन्सान थापा मगरको बाहुलीबाट गरिएको थियो।
यस्तै कार्यक्रममा प्रमुख अतिथि थापाले ५३ हजार नगद सहयोग समेत गरेका थिए।

‘हामीले नगरे कस्ले गर्ने,अहिले नगरे कहिले गर्ने, दान गरौ, पुन्य कमाऔ’ भन्ने मूल नाराका साथ सुरु भएको कथा वाचन कार्यक्रम कार्तिक १८ गते सम्म सञ्चालन हुनेछ भने सत्सङ्ग प्रखर प्रबक्ता श्री राधिका दासीले कथा वाचन गर्नेछ।