Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पेट्रोल खानीको अन्वेषण भएको ३५ वर्ष बितेपनि वास्ता गरिएन 

पेट्रोल खानीको अन्वेषण भएको ३५ वर्ष बितेपनि वास्ता गरिएन 

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
पेट्रोल खानीको अन्वेषण भएको ३५ वर्ष बितेपनि वास्ता गरिएन 
images

अमर खड्का, सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी जङ्गलछेउको बाटोमा राखिएको एउटा बोर्डले यात्री सबैको ध्यान खिच्छ । किनकि, बोर्डमा लेखिएको छ पेट्रोल खानी जाने बाटो । नेपालमा पेट्रोल खानी छ र ?भन्ने कौतुहलताले बाटोलाई पछ्याउदै जाने सबैको मन निराश हुन्छ ।

कारण, पेट्रोल खानी भएको भनिएको स्थानमा अरु संरचना केही देखिदैन, देखिन्छ त केवल तारजालीले बारेको झाडी । खानी रहेको भनिएको क्षेत्रमा पाँच वटा भत्केका गोदाम रहेका छन् । खानीको सुरक्षाका लागि सरकारले २ जना चौकीदार खटाएको छ भने वरिपरि घेराबेरा समेत गरेको छ । तर खानीमा कर्मचारी बस्दैनन् ।

उद्योग मन्त्रालयले संरक्षण गर्दै आएको उक्त क्षेत्र हाल भने गौ चरणमा परिणत भएको छ । बेलबारी–८ मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषणको काम ३५ वर्ष अघि सुरु गरिएको भएपनि हालसम्म बाटो पहिल्याइएको छैन ।

पछिल्लो समय २०७३ साल वैशाखमा चिनियाँ टोली नेपाल आएर सम्भावित क्षेत्रका चट्टान लगायत नमूना परीक्षणका लागि लिएर गएको भएपनि हालसम्म त्यसको विस्तृत प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।

खानी भए नभएको बारेमा सरकारले प्रष्ट नगर्दा आपूmहरू पनि अलमलको अवस्थामा रहेको बेलबारी नगरपालिकाका नगर प्रमुख बताउनुहुन्छ ।

५ विगाहा क्षेत्रफमा फैलिएको खानीको क्षत्रेलाइ बेवारिसे अवस्थामा छोड्नु भन्दा तत्काल उत्खननको प्रक्रिया थाल्न स्थानीयले माग गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०९:०२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology