Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाई, काँग्रेसले आज सार्वजनिक गर्ने 

दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाई, काँग्रेसले आज सार्वजनिक गर्ने 

सिआईएन

१२, कार्तिक २०७९
दलहरूद्वारा घोषणापत्र सार्वजनिक गर्न ढिलाई, काँग्रेसले आज सार्वजनिक गर्ने 
images

काठमाण्डौ । प्रदेश र प्रतिनिधि सभाको चुनाव आउँन अब २२ दिन मात्र बाँकी छ । तर दलहरुले घोषणापत्र सार्वजनिक गर्न भने ढिलाई गरिरहेका छन् । सत्ता र प्रतिपक्षमा रहेका प्रमुख राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्न एकअर्कालाई कुरिरहेका छन् ।

images
images

तिहार अघि नै घोषणापत्र तयार भएपनि काँग्रेस, माओवादी केन्द्र, एमाले लगायतका दलले घोषणा पत्र सार्वजनिक गर्न सकेका छैनन् । नेपाली काँग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवालेसार्वजनिक गर्नुहुनेछ । 

जनता समाजवादी पार्टी जसपा नेपालले पनि प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीति सहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ ।

निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले सीआईएनलाइ जानकारी दिनुभयो । प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेको उहाँले बताउनुभयो । जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको पनि प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

नेकपा एमाले भने १८ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणा पत्रको सम्पूर्ण तयारी सकेको छ । तर सार्वजनिक भने केही ढिला गरि गर्न लागेको हो ।

एमालेले कात्तिक १८ बाट नै औपचारिक चुनावी सभाको पनि थालनी गर्ने बताएको छ । कात्तिक १८ गते दार्चुलाको लिपुलेक क्षेत्रबाट चुनाबी सभा थालनी गर्ने तयारी गरेको एमाले नेता विशाल भट्राइले सीआईएनलाइ जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०८:५८:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology