Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्न दलहरूको आनाकानी

निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्न दलहरूको आनाकानी

images

इच्छाकामना न्युज

८, कार्तिक २०७९
निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्न दलहरूको आनाकानी
images

काठमाण्डौ । आइतवार बिहानसम्म नेपाली काँग्रेसले साँझ ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने तय थियो । तर साँझमा एकाएक कार्यक्रम स्थगित गरेर सोमवार बिहान साढे १० बजेका लागि सा¥यो । तर सोमवार बिहान घोषणापत्र सार्वजनिक कार्यक्रम तिहारपछिका लागि सरेको विज्ञप्ती आएको थियो ।

नेकपा एमालेले पनि आइतवार वा सोमवार सार्वजनिक गर्ने बताए पनि आइतवार साँझ भने नेताहरूले तिहारपछि मात्र घोषणापत्र ल्याउने सूचना सञ्चार माध्यमहरुलाई दिएको थियो ।

काँग्रेसले आइतवार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी पूरा गरेको थियो । तर काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराउनुभयो । अब ढिलोमा १२ गतेसम्म सार्वजनिक गर्ने घोषणापत्र लेखन समिति सदस्य सहमहामन्त्री जीवन परियारको भनाइ छ ।

एमाले नेताहरुका अनुसार घोषणापत्रबारे प्राप्त सुझावहरू अझै अध्ययनकै क्रममा छन् । धेरै सुझाव आएकाले घोषणापत्र सार्वजनिक गर्नमा ढिलाइ हुन गएको प्रष्टीकरण दिइरहेका छन् ।

नेताहरूका अनुसार २९ असोजमै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रलाई अन्तिम रुप दिनुभएको थियो । तर त्यसपछि आएका सुझावलाई पनि समेट्न खोजिएको नेताहरूको भनाइ छ । नेकपा माओवादी केन्द्र पनि काँग्रेस र एमालेको घोषणापत्र कहिले आउँछ भनेर पर्खिरहेको छ ।

उनीहरूको घोषणापत्र सार्वजनिक भएपछि जनस्तरबाट आउने टिप्पणीलाई समेत नियालेर आफ्नो घोषणापत्र ल्याउने तयारी माओवादी केन्द्रको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणापत्र लेखन समितिका सदस्यहरूले नै यहि सुझाव दिएको स्वयम् नेताहरू बताउँछन् ।

गठबन्धन गरेपछि बहुमत ल्याएर सरकार बनाए के गर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवैै मौन छन् ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:४३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology