Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लक्ष्मी पूजाको दिन पनि भारतलाई ३८० मेगावट बिजुली बेच्न नेपाल सफल 

लक्ष्मी पूजाको दिन पनि भारतलाई ३८० मेगावट बिजुली बेच्न नेपाल सफल 

images

इच्छाकामना न्युज

८, कार्तिक २०७९
लक्ष्मी पूजाको दिन पनि भारतलाई ३८० मेगावट बिजुली बेच्न नेपाल सफल 
images

काठमाण्डौ । नेपालमा अत्यधिक विद्युत खपत हुने तिहारका बेला पनि नेपालले भारतलाई बिजुली बिक्री गरेको छ । लक्ष्मी पूजा गर्ने साँझ पनि ३ सय ८० मेगावाट बिजुली भारतीय बजारमा बिक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो ।

त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ । 

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १०:४०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology