Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीको लज्जास्पद हार 

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीको लज्जास्पद हार 

images

इच्छाकामना न्युज

१६, पौष २०७७
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीको लज्जास्पद हार 
images

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ ।आज भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो ।१ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ७ रनमै अलआउट बन्यो । ८ ओभर टिकेको गण्डकीका ९ खेलाडी शुन्य रनमै आउट भए ।गण्डकीका कुशुम गोदार र सोनिया थापाले मात्र समान २ रन बनाउन सके । गण्डकीले ३ रन अतिरिक्त पाएको थियो ।प्रदेश नम्बर १ की संगिता राईले ५, सबनम राईले ४ र अपसरी बेगले १ विकेट हात पारे । 
सुरुवाती ब्याटिङ्ग गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले पराजित ग¥यो । बाक्लो हुस्सुको कारण ११ ओभरमा छोट्याइएको खेलमा ७७ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ४८ रन मात्र बनाउन सक्यो ।फाईनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसँग खेल्नेछ ।

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १८:२४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology