Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनकी वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठ अस्वस्थ, सिएमसीमा उपचार हुदै

चितवनकी वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठ अस्वस्थ, सिएमसीमा उपचार हुदै

images

रासस

४, कार्तिक २०७९
चितवनकी वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठ अस्वस्थ, सिएमसीमा उपचार हुदै
images

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो । उहाँलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १०:२०:२४ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology