Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामाजिक कुरितिको विषय उम्मेद्वारहरूको प्राथमिकतामा नपर्दा समस्या कायमै

सामाजिक कुरितिको विषय उम्मेद्वारहरूको प्राथमिकतामा नपर्दा समस्या कायमै

सिआईएन

३, कार्तिक २०७९
सामाजिक कुरितिको विषय उम्मेद्वारहरूको प्राथमिकतामा नपर्दा समस्या कायमै
images

उषा तामाङ, काठमाडौँ । प्रदेश, प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरूले खासगरी विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन् । तर, समाजमा अन्त्य भएर पनि अन्त्य हुन नसकेको सामाजिक कुरितिका विषय भने उम्मेदवारको प्राथमिकतामा पर्न सकेको छैन ।

images
images

जातीय विभेद केही कम हुँदै गए पनि पूर्ण रुपमा अन्त्य नभएको बैतडीको पाटन नगरपालिकाका कर्बे सार्कीको अनुभव छ । तर, राजनीतिक दल र उम्मेदवारको चुनावी एजेण्डामा यो विषय कहिल्यै प्राथमिकतामा नपर्ने सार्कीको भनाइ छ ।जनताको भोट तान्न विभिन्न आश्वासन बाँड्ने र विकास निर्माणको सपना देखाउनु दल र उम्मेदवारको पुरानै चलन हो ।

आर्थिक विकास र समृद्धिको नारालाई जोडतोडका साथ अघि सारिरहँदा विभेदलगायत सामाजिक कुरितीहरु अन्त्य गर्ने कुरालाई राजनीतिक दल र उम्मेदवारले प्राथमिकता नदिएकोमा दाङको तुलसीपुरका तुलसी थापाको पनि असन्तुष्टि छ ।तर, उम्मेदवार भने सामाजिक कुरीति र कुसंस्कार अन्त्यको विषय आफूहरूको प्राथमिकतामा पर्ने दाबी गर्छन् ।

दोलखाबाट प्रतिनिधि सभामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी सामाजिक कुरीति अन्त्यका लागि थप कानून निर्माण गर्न आफ्नो योगदान रहने दाबी गर्नुहुन्छ । उहाँ मात्रै होइन अछाम– १ को ‘क’ बाट प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार मेघराज खड्का पनि सामाजिक कुसंस्कार अन्त्यका लागि प्रतिवद्ध रहेको दाबी गर्नुहुन्छ ।

उम्मेदवारले निर्वाचनका बेला पूरा गर्न सकिने नसकिने सबै सपना देखाउँछन् । तर, निर्वाचित भएपछि वा पराजित भए पनि ती विषय सम्बोधन गर्न ध्यान दिँदैनन भन्ने आम नागरिकको भोगाइ छ । छुवाछुत लगायतका कतिपय मुद्दामा नेताहरूकै दबाबका कारण न्याय नपाएको पीडितले गुनासो गर्ने गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषा–३ ‘ख’मा प्रदेश सभा उम्मेदवार परमेश्वर साहकोे पनि चुनावी एजेण्डा यस्तै छ ।निर्वाचनका समयमा मतदाताको सक्रियता निकै महत्त्वपूर्ण कुरा हो । त्यसैले मत माग्न आउने उम्मेदवारलाई विभेद र कुरिती अन्त्यका लागि उनीहरुको योजना र प्राथमिकता के छ भन्ने सोध्न बिर्सनु हुँदैन ।  

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०९:०५:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology