चितवन, १६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार पाँच सय ९३ पुगेको छ । गत २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय ७८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप चार सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख ५२ हजार तीन सय ५९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना सङ्क्रमित मृतकको सङ्ख्या एक हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ।