Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्लास्टिकजन्य फूल, उत्पादन, आयात, बिक्रि वितरण गरे एकलाख जरिवाना 

प्लास्टिकजन्य फूल, उत्पादन, आयात, बिक्रि वितरण गरे एकलाख जरिवाना 

images

इच्छाकामना न्युज

३, कार्तिक २०७९
प्लास्टिकजन्य फूल, उत्पादन, आयात, बिक्रि वितरण गरे एकलाख जरिवाना 
images

काठमाण्डौ । वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्नेलाई एक लाख जरिवानाको व्यवस्था गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको हुँदा त्यसो गर्नेलाई कानून बमोजिम एकलाख जरिवाना गराउने भएको हो ।

तिहारका लागि प्लास्टिकका फूल तथा मालाको आयात उच्च हुने भएकोले त्यसलाई रोक्ने उद्देश्यले विभागले यस्तो आग्रह गरेको हो ।

“सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ,” विभागले आज जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

“नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ ।

सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरिबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिवाना हुने चतावनी दिइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०९:०३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology