Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रेशम गुरुङ र दुर्गा गुरुङको नयाँ कौडा ‘रिसिङ डाँडा रमाइलो’ (भिडियोसहित)

रेशम गुरुङ र दुर्गा गुरुङको नयाँ कौडा ‘रिसिङ डाँडा रमाइलो’ (भिडियोसहित)

इच्छाकामना न्युज

३, कार्तिक २०७९
रेशम गुरुङ र दुर्गा गुरुङको नयाँ कौडा ‘रिसिङ डाँडा रमाइलो’ (भिडियोसहित)
images

काठमाडौं । ‘कौडा किङ’का रुपमा चिनिएका गायक दुर्गा गुरुङ लगायतको स्वरमा नयाँ कौडा चुट्का गीत सार्वजनिक भएको छ ।

images
images

‘रिसिङ डाँडा रमाइलो’ बोलको यस गीतमा दुर्गाका अलावा पृथ्वी गुरुङ, शर्मिला गुरुङ र दुर्गा गुरुङ ‘तमुस्यो’को स्वर रहेको छ । बरिष्ठ संगीतकार रेशम गुरुङको संगीत रहेको यस कौडा गीतमा गणेश गुरुङ र रेशमको संयुक्त शब्दरचना रहेको छ ।

कौडा किङ दुर्गा गुरुङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा एरेञ्ज पनि गायक दुर्गाले नै गरेका हुन् । तनहुँकै रमणीय स्थल रिसिङमा छायाँकन गरिएको यस गीतको भिडियोमा मुख्य नायिकाको रुपमा उर्मिला गुरुङले अभिनय गरेकी छन् । साथमा कौसिला गुरुङ, निरु गुरुङ, करुणा गुरुङ, अञ्जना गुरुङ, पुष्पा गुरुङ, लक्ष्मी गुरुङ, सुष्मा गुरुङ, अनिता गुरुङ, माया आले मगर, रश्मी आले मगर र पल्पशा आले मगरको नृत्य अभिनय रहेको छ ।

शोभा गुरुङ, सरु गुरुङ, रेशम गुरुङ, दुर्गा गुरुङ, नन्द शोभा गुरुङ र आशिष गुरुङ (जापान’ निर्माता रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियोग्राफी पर्शन गुरुङले गरेका हुन् ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०८:४५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology