Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भ्रष्टाचार निर्मुल पार्ने मेरो प्रमुख प्राथमिकता हुनेछ : युवा नेता उत्तम जोशी 

भ्रष्टाचार निर्मुल पार्ने मेरो प्रमुख प्राथमिकता हुनेछ : युवा नेता उत्तम जोशी 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
भ्रष्टाचार निर्मुल पार्ने मेरो प्रमुख प्राथमिकता हुनेछ : युवा नेता उत्तम जोशी 
images

चितवन । क्षेत्र नम्बर २ क का प्रदेश गठबन्धनका उम्मेद्वार उत्तम जोशीले भष्ट्राचार निर्मुल पार्ने आफ्नो प्राथमिकता  रहने बताएका छन । आज विभिन्न भरतपुर १२, र ४ गठबन्धनको वडा समितिको कार्यालय उद्धघाटन गर्ने क्रममा उनले आफूले जितेमा भ्रष्टाचार शुन्य बनाउने प्रतिबद्धता व्यक्त गरे । 

‘म भ्रष्टाचार गर्नेलाई पनि निर्मुल पार्छु, आफू पनि गर्दिन ।’ उनले भने । हिजोका दिनमा पनि आफूले भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रिय रहंँदै आएकोले यो काम प्रमुख प्राथमिकतामा रहेको बताए ।  अबको सरकार शिक्षा स्वास्थ्य रोजगारमा केन्द्रित हुनुपर्ने बताउंँदै आफूले निर्वाचन जितेमा यी समस्याको हल गर्न लागिपर्ने बताए । प्रदेश सांसद भएपछि कानुन बनाउने, जनताको आधारभूत आवश्यकता पुरा गर्ने विषयमा आफ्नो पहल हुने उनको भनाई थियो ।

 आफु विगत लामो समयदेखि नेपाली कांँग्रेसको राजनीतिमा निष्ठा र इमान्दारीताका साथ सक्रिय रहेकोले पनि जनताले आफूलाई राम्रो संँग बुझेको पनि उनले बताए । ‘मलाई यहांँको जनताले राम्रो संँग चिन्नुभएको छ । बुझ्नुभएको छ । मलाई  पनि हरेक घरको समस्या राम्रोसंँग थाहा छ । मलाई एकपटक जिताएर हेर्न अनुरोध गर्दछु । ’जोशीले भने । 

उनले आफू जनताको सेवा गर्न उम्मेद्वारी दिएको भन्दै जनताको गास बास कपासको ग्यारेन्टीका लागि पनि जिताउन उनले आग्रह गरे । सबै पुस्ता र वर्गबीच  चितवनमा उत्तिकै लोकप्रिय नेता जोशी  एक स्वच्छ छविका नेताका रुपमा परिचित छन ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - २२:३७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology