Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धान भण्डारण

धान भण्डारणमा ध्यान दिन विज्ञको सुझाव 

धान भण्डारणमा ध्यान दिन विज्ञको सुझाव 

images

सिआईएन

२, कार्तिक २०७९
धान भण्डारणमा ध्यान दिन विज्ञको सुझाव 
images

सजना तिमल्सिना, काठमाडौँं । वर्षभरिको खाद्यान्नको मुख्य श्रोत भएकाले धान काट्दादेखि भण्डारण गर्दासम्म विशेष ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । अहिले देशका धेरै ठाउँमा धान काट्ने र थन्क्याउने बेला भएको छ । नेपालको पहाड, तराई, पूर्व पश्चिम जताततै धान थन्क्याउने तरिका भने लगभग मिल्दोजुल्दो छ ।

यस वर्ष धान रोप्ने बेलामा पानी नपरेका कारण पोहोरभन्दा कम रोपाईँ भएको थियो । धान रोपिसकेपछि धेरै पानी परेका कारण पनि धान बालीमा असर पुगेको कृषि विभागले जनाएको छ । यसपटक १४ लाख हेक्टर खेतमा धान रोपाइँ भएको थियो । वर्षभरी खानुपर्ने भएकाले धानको भण्डार गर्दा ख्याल गर्न कृषिविज्ञको सुझाव छ ।

चिसो धान भण्डारण गर्दा कुहिन सक्ने सम्भावना बढी हुने कृषि विज्ञको भनाइ छ । धानको भण्डारणका क्रममा आवश्यकता अनुसार निम, असुरो लगायतको प्रयोग गर्न सकिने कृषिविज्ञ घनश्याम भण्डारीले बताउनुभयो ।

धेरै किसानले धान रोप्न र काट्न ध्यान दिने तर थन्क्याउन भने हेल्चेक्र्याईँ गर्ने गरेका छन् । तर, धान बाली विज्ञहरुका अनुसार धान थन्क्याउने सही तरिका नअपनाए, मेहनत गरेर फलाएको धान खेर जान सक्ने खतरा रहन्छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:२०:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology