Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त 

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त 

images

इच्छाकामना न्युज

१, कार्तिक २०७९
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त 
images

सम्झना श्रेष्ठ, हेटौँडा । मङ्सिर ४ मा हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त भएका छन् । प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार क्षेत्र रहेको मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा एक पटक पनि पराजित नभएकादेखि पटकपटक हार ब्यहोरेका नेता यसपटकको प्रतिस्पर्धामा छन् ।यसपटक प्रतिनिधि सभातर्फ मकवानपुर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ सत्ता गठबन्धनबाट काँग्रेस नेता महालक्ष्मी उपाध्याय डिना, एमाले र राप्रपा नेपालका साझा उम्मेदवारका रुपमा कमल थापा र राप्रपाका दिपकबहादुर सिंहको उम्मेदवारी छ ।

मुख्य रुपमा उपाध्याय थापा र सिंहबिच नै प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनको साथ मात्र नभएर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो र प्रभावकारी भूमिकाका कारण आपूmले निर्वाचन जित्ने काँग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय बताउनुहुन्छ ।

राष्ट्रिय राजनीतिका चतुर खेलाडी मानिने कमल थापा यस पटक नेकपा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । यो अवस्थालाई कतिपयले असहज भनेपनि उहाँले भने एमालेकै आग्रहमा आपूmले एमालेसँग सहकार्य गरेर उम्मेदवार बनेको बताउनुभयो ।

लामो समय सहकार्य गरेका थापा र सिंह यसपटक आफैँ प्रतिस्पर्धामा हुनुले पनि यो क्षेत्रको निर्वाचनलाई थप रोचक बनाएको छ । गत स्थानीय निर्वाचनमा हेटौँडाको मेयरमा दोस्रो स्थानमा रहनेगरि मत पाउनुभएका राप्रपाका दिपकबहादुर सिंहले नागरिकले खोजेको परिवर्तन राप्रपाले मात्र दिन सक्ने भएकाले आफु नै विजयी हुने दाबी गर्नुभयो । ठूला दलका उम्मेदवार मात्र नभइ साना दलका र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो जितको दाबी गरेका छन् । 

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:०६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology