Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शक्तिशाली पदको भागबण्डाको खाका तयार नगरेरै दलहरू चुनावी मैदानमा

शक्तिशाली पदको भागबण्डाको खाका तयार नगरेरै दलहरू चुनावी मैदानमा

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
शक्तिशाली पदको भागबण्डाको खाका तयार नगरेरै दलहरू चुनावी मैदानमा
images

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गरिने शक्तिशाली पदको भागबण्डामा सहमति नगरेरै दलहरू चुनावी प्रचारमा जुटेका छन् । सरकारमा रहेका र नरहेका दलबीच छुट्टाछुट्टै गठबन्धन भएर टिकटको बाँडफाड भइसकेको छ । मङ्सिर ४ मा निर्वाचन भए पनि प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा आउन कम्तिमा एक महिला लाग्नेछ ।

यसो हुँदा पुसको पहिलो साता संसदले सांसद पाउने आँकलनका साथ सङ्घीय संसद सचिवालयले तयारी गरिरहँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत पदमा को पुग्ने ? भन्नेमा दलहरूका आ–आफ्नै दाबी छन् ।

सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी पार्टीका महासचिव डा.बेदुराम भुसालले शक्ति बाँडफाँडको विषय निर्वाचनपछि मात्रै टुङ्गिने बताउनुभयो ।

अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुख नखोले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस नेता रामचन्द्र पौडेलले एक पटक प्रधानमन्त्री हुने, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति हुने चाहना राख्दै आउनुभएको छ । तर, यस बारेमा प्रष्ट छलफल नभएको सत्ता साझेदार लोसपाका नेता अनिल कुमार झाले बताउनुभयो ।

शक्ति बाँडफाँडको बारेमा सत्ता गठबन्धनमा अहिले अलमल हुनुको कारण चुनावमा पर्नसक्ने प्रभाव, त्यसपछिको नतिजा र दलीय ध्रुविकरण ठानिए पनि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरिसकेको छ । अरु पदको बारेमा एमाले नेतृत्वले हरहिसाब गरिरहेको भए पनि चुनावी तालमेल गर्दा जसपासँग कुनै कुराकानी नभएको नेता प्रदिप यादवको भनाइ छ ।

यद्यपी जसपासँगको सम्झौतामा चुनावपछि पनि सहकार्य निरन्तर रहने लिखित प्रतिवद्धता दुवै दलको छ । भावी प्रधानमन्त्री बाहेकका पद्मा एमाले प्रष्ट भइसकेको छैन । तर, सत्ता गठबन्धनका शीर्ष नेताबीच यसबारेमा सहमति नभइकन गठबन्धन भएको भन्ने कुरा पत्याउन नसकिने विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ । उहाँले अप्रत्यक्ष रुपमा प्रचण्ड र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने औपचारिक सहमति भएको बहस सुनिएको टिप्पणी गर्नुभयो ।

सरकारमा पुग्न विचार र सिद्धान्तभन्दा पनि अवसर हेर्ने परिपाटीका कारण चुनाव आउन ३४ दिन बाँकी रहँदा शक्तिशाली पदमा दाबी र विरोधबारे नेताहरू बोल्न चाहिरहेका छैनन् । निर्वाचनपछि सरकार गठनका लागि पनि दलहरू यी पदमा लेनदेन गर्दै मोलमोलाई गर्न सक्ने भएका कारण संवैधानिक पदमा पुग्ने अनुहार खुल्न नसकेको जानकारहरू बताउँछन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - ०९:००:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology