चितवन, १६ पौष ।
टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। गएराति १० बजेतिर काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।